२ चैत्र २०८२, सोमबार
सरकारले ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने जानकारी दिएको छ ।
शुक्रवार सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार सरकारले दुई वर्षभित्र सबैको घरमा बिजुली पुर्याउने भएको छ । विपन्न वर्गलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको घोषणा छ ।


त्यस्तै सरकारले बर्खायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । सरकारले खाना पकाउने ग्यासलाई क्रमशः बिजुलीबाट प्रतिस्थापन गर्ने घोषणा पनि गरेको छ ।