२ चैत्र २०८२, सोमबार
सरकारले श्रम सम्झौताको पुनरावलोकन गर्दै नयाँ श्रम गन्तव्य मुलुकको पहिचान गर्ने जानकारी दिएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले श्रम अनुमति र पुनः श्रम स्विकृतीका कार्यक्रम प्रदेश तहबाट अनलाइन सेवा प्रदान गरिने जानकारी दिए ।
“विभिन्न मुलुकसँगको श्रम सम्झौताको पुनरावलोकनका साथै नयाँ श्रम गन्तव्य मुलुकको पहिचान गरिनेछ,” उनले भने, “वैदेशिक रोजगारीका लागि श्रम अनुमति र पुनः श्रम स्वकीकृती लगायतका सेवा प्रदेश तहबाटै अनलाईमार्फत उपलव्ध गराईनेछ ।


सो क्रममा राष्ट्रपति पौडेलले वैदेशिक रोजगारमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने पनि जानकारी दिए ।
“वैदेशिक रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ । कोषको दायरलाई थप फराकिलो र प्रभावकारी बनाउँदै लगिनेछ,” उनले भने ।
सरकारले नीति तथा कार्यक्रम मार्फत वैदेशिक रोजगार सम्बन्धी गुनासो तत्काल सुनुवाईका लागि २४ घण्टै हटलाइन सेवा प्रदान गरिने र विदेश स्थित नेपाली दुतावासमा राखिएका हेल्थ डेक्सलाई थप प्रभावकारी बनाइने पनि उनले जानकारी दिए ।