९ मंसिर २०८१, आईतवार
नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।
अन्तिम चरणका बहसका लागि पटक-पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाको किनारा लाग्न सकेको छैन ।
सर्वोच्च अदालतले गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।
आइतबार लामिछानेका वकिल सरोज घिमिरेले वहस गर्ने पालो छ । पछिल्लो पटक गत १९ वैशाख गते भएको सुनुवाइमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बहस गरेपछि मुद्दालाई हेर्दाहेर्दैमा राख्नु पर्नेमा न्यायाधीशले हेर्न नभ्याईनेमा राखेका थिए ।
नेपालले अब महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ । आगामी १८ जूनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर नेपालले बलिया टिमहरूसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताको तयारीका लागि नेपालले त्यस पूर्व दक्षिण अफ्रिका टुर गर्दै छ । कुल मिलाएर डेढ महिनाको भ्रमणमा सन्दीप उपलब्ध हुन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको छ ।