प्रचण्डजी दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्‍नुभो: अध्यक्ष ओली

होमल्याण्ड खबर

२०८० जेष्ठ ७ गते, आईतवार १२:३१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुस १० सहमति तोडेर सरकारको मुटु प्रत्यारोपणतर्फ लागेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०र०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लागेको बताएका हुन्।

पुस १० गते उनले नेकपा एमालेको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुको प्रस्तावमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १२ गते कांग्रेस सहितको गठबन्धन ब्यूँत्याएका थिए।

‘दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेको भएपनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने विशाल हृदयका साथ मैले दस्तावेजको प्रस्तुती सुनेँ र पढेँ पनि। नीति तथा कार्यक्रमको आधार पहिल्याउने प्रयास गरें। के तार्गेटहरू मिट गर्न आएको छरु मैले खोजी गरें। कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछरु अध्ययन गरें,’ उनले भने।