नीति तथा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई एमालेकाे माग

होमल्याण्ड खबर

२०८० जेष्ठ ७ गते, आईतवार १३:४१ मा प्रकाशित

नेकपा एमालेले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् ।

उनले भने, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्।’

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसदमा पेस भएको थियो । त्यसमाथि आइतबारदेखि छलफल सुरु भएको छ ।