कांग्रेस र एकीकृत समाजवादी मधेस सरकारमा सहभागी हुने

होमल्याण्ड खबर

२०८० जेष्ठ ९ गते, मंगलवार १२:०७ मा प्रकाशित

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी मधेस प्रदेश सरकारमा सहभागी हुने भएका छन् । जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा केन्द्रमा समीकरण बदलिएसँगै कांग्रेस र एकीकृत समाजवादी पनि सहभागी हुन लागेका हुन् ।

कांग्रेस दुई मन्त्रालय सहित संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकारमा सामेल हुन लागेको हो ।

यादवले भौतिक पूर्वाधार विकासमन्त्री र सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने सहमति बनेको छ । उनीहरूको शपथ ग्रहण दिउँसो १ बजेलाई तय भएको छ।

त्यस्तै मधेस सरकारमा जनमत पार्टीको मन्त्रालय हेरफेर हुन भएका छन्् । अहिले भूमि व्यवस्था कृषि तथा सहकारी र शिक्षा, विज्ञान, प्रविधि मन्त्रालय जनमत पार्टीलाई दिइएको छ ।

कृषि मन्त्रालय एकीकृत समाजवादीलाई दिने निर्णय भएको छ । समाजवादी पार्टीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रूपमा आज शपथ लिँदैछन्।

यी दुई दललाई सरकारमा सहभागी गराएलगतै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई समेत सरकारमा एउटा मन्त्रालय दिएर ल्याउने मुख्यमन्त्री सरोजकुमार यादवको तयारी छ।