२ चैत्र २०८२, सोमबार
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज चौथो दिन पनि जारी रहने भएको छ।
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज बोल्न बाँकी सांसदले धारणा राख्नेछन्। बैठक बिहान ११ बजे सुरु हुनेछ।


मंगलबारसम्म १ सय भन्दा बढी सांसदहरुले बोलिसकेका छन्। राष्ट्रियसभाले भने मंगलबार नै नीति कार्यक्रम बहुमतले पारित गरिसकेको छ।