२५ बैशाख २०८३, शुक्रबार
रुपकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमले जनाएको छ।


बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् भने एकजना सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन ।
जीपमा १४ जना सवार रहेको बुझिएको छ। घटनास्थलमा रहेका बाँफिकोट गाउँपालिका–८ का वडा अध्यक्ष खत्रीले पाँच जनाको अवस्था गम्भीर रहेको पाँच जना घाइते भएका जानकारी दिए ।
अन्य जिपमा सवार सबै घाइते भएका छन्। जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ ।
हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरुको उद्धार गरिरहेका छन्।
यस्तै वडाअध्यक्ष खत्रीले घाइतेहरुको उपचारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए।