सिंहदरबारमा मन्त्रि परिषद् बैठक जारी

होमल्याण्ड खबर

२०८० जेष्ठ १५ गते, सोमबार १५:२१ मा प्रकाशित

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा बैठक सुरु भएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुँदैछ ।

अरु आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुन सक्ने बताएको छ । प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ । आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।