साधारण खर्चमा वृद्धि भएका कारण विकास खर्च गर्न बजेट अभाव

होमल्याण्ड खबर

२०८० जेष्ठ १५ गते, सोमबार १६:४५ मा प्रकाशित

अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्चमा वृद्धि भएका कारण विकास कार्यमा स्रोत व्यवस्थापनको चाप परेको बताए । उनले यसका लागि मात्र रु १२ खर्व ८० अर्व २५ अर्व बजेट विनियोजन गर्नुपर्ने बताए ।

सोमाबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै कुल बजेटको ७३.१० प्रतिशत साधारण खर्चमा छुट्याउनुपरेको बताए ।

“साधारण खर्चमा वृद्धि हुँदै गउको छ । तलब भत्ता सामाजिक सुरक्षा वित्तिय हस्तारण प्रशासनिक खर्च तथा बढ्दो ऋण भुक्तिानि दायित्व व्यवस्थापन गर्नमात्र करिव रु १२ खर्व ८० अर्व २५ करोड विनियोजन गर्नुपरेको छ,” उनले भने , “ यो रकम कुल बजेटको ७३.१० प्रतिशत हुन आउँछ ।”