आर्थिक वर्षको बजेटबारे व्यवसायीको प्रतिक्रिया के छ?

होमल्याण्ड खबर

२०८० जेष्ठ १६ गते, मंगलवार १२:२१ मा प्रकाशित

सरकारले आगामी वर्षको लागि ल्याएको बजेट सकारात्मक रहेको व्यवसायीहरुले बताएका छन् । बजेटको उद्योगी तथा व्यवसायीहरुले दिएका मागलाई पनि ध्यान दिइएको बताएका छन्
निजी व्यवसायीहरुले भने सरकारले ल्याएको बजेट कार्यन्वयनमा ध्यान दिनुपर्ने बताए । सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट भाषण राम्रो रहेको र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

उनले अहिले आएका विषयहरुमा थप अध्ययन गरेर प्रतिक्रिया दिने बताए । त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बितरणशिल जस्तो देखिएको र मुलुकको अर्थतन्त्र सुधारका लागि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक क्षेत्रका लागि बजेट राम्रो आएको बताए । उनले बजेट कार्यान्वयन भए आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरे ।