२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका क्रममा राजधानी नयाँदिल्लीमा अवतरण गरेका छन्। प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् ।
प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दल अहिले दिल्लीस्थित होटलमा पुगिसकेको छ। प्रचण्डलाई स्वागत गर्न राज्यमन्त्री लेखीसहित भारतीय विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थलमा पुगेका थिए।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रचण्ड भारत गएका हुन् ।