मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन्ः केपी ओली

होमल्याण्ड खबर

२०८० जेष्ठ १७ गते, बुधबार १६:५६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् ।

बुधवार राजधानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सुनप्रति कहिल्यै मोह पनि नरहेको बताए ।

‘एउटा मानिसले हाकाहाकी झूट बोल्ने कुकर्म कस्तो गर्छ होलारु केपी ओलीको फोटोमा हातभरि सुनैसुन लगाएको, यता पनि सुनैसुनका, बोकिनसक्नु सुनैसुन, त्यति सुन म बोक्न पनि सक्दिनँ होला’ उनले भने।

अध्यक्ष ओलीले अहिलेसम्म औंठीसमेत नलगाएको बताए।

उनले नेपालमा छाडापन र विकृति बढ्दो रहेको बताए । शिक्षित मानिसहरु नै छाडा र विकृति भित्र्याउन लागिपरेको उनले बताए ।