सीमा समस्या समाधानबारे मोदीले बोल्नु महत्वपूर्ण : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८० जेष्ठ १९ गते, शुक्रबार १०:२६ मा प्रकाशित

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सीमा समस्या समाधानबारे मोदीले पहिलो पटक बोल्नु नै महत्वपूर्ण भएको बताएका छन् ।

नयाँदिल्लीमा बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सीमा समस्या समाधानबारे मोदीले मुख खोल्नु सकारात्मक भएको बताएका हुन् ।

दाहालले पत्रकारहरूसँग भने, ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो ।’

प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताए । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको उनको भनाइ थियो ।

बिहीबार मोदीसँग आफ्नो तीन पटक वान टु वान वार्ता भएको पनि प्रधानमन्त्री दाहालले बताए । वार्ता पहिलो प्रतिकुलजस्तो देखिएको वातावरण तीन पटक वान टु वान वार्ता भएपछि सहजतातर्फ मोडिएको दाहालको भनाइ थियो ।

आफ्नो भ्रमणका क्रममा धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रधानमन्त्री दाहालको दाबी थियो ।