राष्ट्रिय सभा बैठक भोलिलाई सर्‍यो

होमल्याण्ड खबर

२०८० जेष्ठ २३ गते, मंगलवार १२:४१ मा प्रकाशित

आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी दिन र समय परिवर्तन भएको छ । आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयले मंगलबार सूचना जारी गरेर जनाएको छ ।

मंगलबार बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक बुधवार ११ बजेर ११ मिनेटमा बस्नेगरी दिन र समय परिवर्तन भएको संघीय संसदका महासचिव डा। भरतराज गौतमले जनाएका छन् ।