८ मंसिर २०८१, शनिबार
काठमाडौंको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दसैं कार्निभल योजना सञ्चालनमा ल्याएको छ । विजयदशमी तथा दीपावलीको अवसर पारेर प्लाजाले आकर्षक छुट र उपहारसहित दसैं कार्निभल योजना सञ्चालनमा ल्याएको हो ।
असोज २० गतेदेखि सुरु भएको दसैं कार्निभल योजनाअन्तर्गत चाहबिल प्लाजामा १ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरूले दैनिक तथा साप्ताहिक रूपमा उपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनर्सको एक सयसिसिको रनर्स चिताहबाइक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्थासमेत रहेको प्लाजाले जनाएको छ ।
चाबहिल प्लाजामा रहेका पसलहरूबाट १ हजार रुपैयाँसम्मको खरिदमा ग्राहकले साप्ताहिक रूपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ । दिए । उपहार योजनामा सहभागीहरूले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन तथा सपिङ भौचरसमेत जित्न सक्नेछन् ।
कार्निभल योजनाकात्तिक २० गतेसम्म सञ्चालन छ । उक्त अवधिभर दैनिक रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुने प्लाजाले जनाएको छ ।
डेढ महिनाअघि मात्र सञ्चालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन् । राजधानीको चाहबिल चोकमा रहको प्लाजामा पार्किङको राम्रो व्यवस्था छ । प्लाजामा मोबाइल, ग्रामेन्ट, रेस्टुराँ, कफी सप, ब्युटी स्टुडियो, फिट्नेस क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्कलगायतका आउटलेट छन् । यसैगरी बैंक, इन्स्योरेन्स, एजुकेसनल कन्सल्टेन्सी तथा फिजियो थेरापीलगायतका आउटलेट पनि प्लाजामा छन् ।