कोशी सरकारबाट बाहिरियो माओवादी

होमल्याण्ड खबर

२०८० जेष्ठ २३ गते, मंगलवार १४:१२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कोशी प्रदेश संसदीय दल र  माओवादी  केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को   बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ । मन्त्रीहरुले पनि आजै राजीनामा दिने तयारी गरेका छन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।