अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छः ओली

होमल्याण्ड खबर

२०८० जेष्ठ २३ गते, मंगलवार १५:२५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अर्थमन्त्रीले दिएको जवाफमा संकाको सुविधा दिन सकिने बताएका छन् ।

अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा पहिलो सहभागी बनेका नेता ओलीले करका दरमा भने प्रश्न रहेको बताए ।

“अर्थमन्त्रीले जवाफ दिनेक्रममा कसम खानु भएन । कसम खानेहरु बडा खतरनाक हुन्छन्,” ओलीले भने, “त्यसकारण अर्थमन्त्रीज्यूलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ ।”

उनले अर्थमन्त्रीको भनाइबाट त्यस्तो देखिए पनि करका दर हेर्दा भने संका गर्न सकिने बताए । एक हजार १०० गाडी एक दिनअघि भित्रिएको भन्दै त्यसले संका जन्माएको बताए ।