९ मंसिर २०८१, आईतवार
सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गरेको छ । सेवा विस्तार गर्ने क्रममा आइतबार सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा शाखा सञ्चालन गरेको छ ।
आइतबार आयोजित छुट्टाछुट्टै औपचारिक कार्यक्रमबीच मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोककुमार शाहले संयुक्त रूपमा तथा प्रीति शाखाको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले उद्घाटन गरे । साथै शुक्रबार काभे्रको महाभारत गाउँपालिका र खोटाङको बराहपोखरी गाउँपालिकामा पनि बैंकले आपm्नो शाखा विस्तार गरेको छ । महाभारत शाखाको उद्घाटन महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिन्दा तथा बराहपोखरी शाखाको उद्घाटन बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिग्राम बन्जारा र उपाध्यक्ष गोमा मगरले संयुक्त रूपमा गरे ।
यो समेत गरी बैंकको शाखा संख्या ९५ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्यभर १०८ वटा एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरूमा २४ वटा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । अरू क्षेत्रमा आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।