२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि अब सुधारको अभियान सञ्चालन गरिने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको बताए ।


थापाले भने, ‘पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ । अब उहाँले नै केन्द्रीय समितिको बैठक बोलाएर गठन गर्न बाँकी रहेका विभाग आदिलाई पूर्णता दिनुपर्छ ।’
कांग्रेसको विधानले महासचिवले गर्ने कार्य निश्चित तोकेको र सोभन्दा पर गई केही गर्न नसकिने बताए । ‘धेरै अधिकार त सभापतिमा नै हुन्छ, तर हामी सभापतिले काम गर्नु भएन भनेर टुलुटुल बस्ने होइन, कांग्रेस रूपान्तरणको लागि तल कार्यकर्तापंक्तिमा पुग्छौँ,’ उनले भने ।