काठमाडौंका बालबालिकामा देखियो दादुरा संक्रमण

होमल्याण्ड खबर

२०८० जेष्ठ २५ गते, बिहीबार १३:३२ मा प्रकाशित

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको छ।नगरपालिकाको वडा-९ आरूबारीमा रहेको गुम्बाद्वारा सञ्चालित बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक हरि उपाध्यायका अनुसार पाँच जना बालबालिकाको रगत नुमना लिइएकोमा चार जनामा संक्रमण पुष्टि भएको छ ।

‘सबै संक्रमित बालबालिकाको अवस्था सामान्य छ । उक्त विद्यालयका १५–१६ जना बालबालिकामा लक्षण देखिएको छ’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘लक्षण देखिएका बालबालिकालाई आइशोलेसन गरेर राखेका छौं।’

होस्टेलसहितको विद्यालयमा कर्मचारी र विद्यार्थी गरी ५६० जना छन् । संक्रमण पुष्टि भएका बालबालिका १५ बर्ष मुनिका छन्। कसरी दादुराको संक्रमण फैलियो भन्ने बिषयमा अनुसन्धान भइरहेको उपाध्यायले बताए।