नेसपा आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको छ (पूर्णपाठ)

होमल्याण्ड खबर

२०८० जेष्ठ २५ गते, बिहीबार १३:४८ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले पार्टी आफ्नो पहिचान र अस्तित्वको संकटको गम्भीर मोडमा उभिएको बताएका छन् ।

बिहीबारबाट सुरु केन्द्रीय कार्यसमिति बैठकमा ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकमा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष डा. भट्टराईले पार्टी पहिचान र अस्तित्वको संकटमा रहेको उल्लेख गरेका हुन् ।

प्रतिवेदनको ‘नयाँ शक्तिदेखि नेसपासम्म : आलोचनात्मक समीक्षा’ उपशीर्षकमा लेखेका छन्, ‘आज हाम्रो पार्टी आफ्नो पहिचान र अस्तित्वको संकटको गम्भीर मोडमा उभिएको छ । हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ ? हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ ? किन हामीले पटक–पटक पार्टीको नाम र चुनाव चिह्न फेरिरह्यौँ ? हामी झुक्किएका हौँ कि, ठगिएका हौँ कि, जानाजान निहित स्वार्थका निम्ति कहिले यता कहिले उता गरेका हौँ ? हाम्रो बाटो मात्र घुमेको हो कि गन्तव्य नै फेरिएको हो ? यसको निम्ति को कति जिम्मेवार छ ? अब के गर्ने ? हामीसँग के–के विकल्प छन् ? यी तमाम प्रश्नको तथ्यपरक उत्तर हामीले खोज्नै पर्छ ।’

उनले पहिला पार्टीमा जो बढी जिम्मेवारीमा छ, ऊ त्यति नै बढी आत्मालोचक बन्नुपर्ने बताएका छन् ।

संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निर्माणको अभियान सुरु गर्नु सही भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

विभिन्न पार्टी र समूहहरूसँग एकता गर्ने क्रममा पार्टीको नाउँ नयाँ शक्ति पार्टी, समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी र फरक–फरक चुनाव चिह्न (आँखा, मसाल, छाता र हँसिया–हथौडा) भए पनि पार्टीको निर्देशक विचार र कार्यक्रम पाँच ‘स’ नै भएकाले विचार र लक्ष्य नै नत्यागेको साबित हुने डा. भट्टराईको भनाइ छ ।

यस्तो छ प्रतिवेदनको पूर्ण पाठ