२ चैत्र २०८२, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन् । आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफलमा भाग लिँदै बिहीबार उनले प्रतिनिधिसभा आफ्नो आत्मसम्मान कायम गर्न चुकिरहेको बताएका हुन् ।
‘हामी पार्लियामेन्टको डिग्निटी राख्न चुकिरहेका त छैनौं । जस्ता जस्ता विषयमा हामीले छलफल गर्यौं । हामी नयाँ राजनीतिक दलको हिसाबमा चाहे हाम्रा पक्षबाट आएका हुन् वा अन्य राजनीतिक दलबाट आएका विषय हुन् । हामी कहिँ न कहिँ लज्जित भएका छौं’ लामिछानेले भने ।


दनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष बिताउने हो भने गोबरबाहेक केही नपाउने लामिछानेले बताए । ‘हामी आत्मालोचना गर्न चाहन्छौं । हाम्रा दलबाट भएका कमजोरीमा आम्मालोचना गर्न चाहन्छौं’ उनले भने, ‘हामीले बजेटमा कुराकानी गरिरहँदा राष्ट्रको महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम नागरिकमा राम्रो सन्देश गएको छैन ।’
उनले आफ्नो भागको कमी कमजोरीको जिम्मा लिने भन्दै अगाडि भने, ‘गत केही दिनमा भएका बहस अलिकति अमर्यादित भएकामा क्षमायाचना गर्न चाहन्छु ।’