२ चैत्र २०८२, सोमबार
अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
शुक्रबार बिहान साढे ११ बजे संसद् भवन नयाँ वानेश्वरमा बोलाइएको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. महतले बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।


१५ जेठमा अर्थमन्त्री डा. महतले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको छलफल सकिएपछि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले दिन थालेका हुन् ।