दुई वर्षमै दुई लाख रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशको योजना (पूर्णपाठ)

होमल्याण्ड खबर

२०८० जेष्ठ २६ गते, शुक्रबार १६:३० मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आव २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेका थिए । प्रदेशसभाबाट राजधानी तोकिएसँगै आधुनिक सहरसहितको प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण भएर जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र भौतिक पूर्वाधार निर्माणका कार्य शीघ्र रुपमा अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रदेश सरकारले संघ, स्थानीय तह, नीजि क्षेत्र, सहकारी र विकास साझेदारसँगको सहकार्यमा दुई वर्षभित्रै २ लाख उत्पादनशील रोजगारीका अवसर सिर्जना हुने गरी काम गर्ने जनाएको छ ।