२ चैत्र २०८२, सोमबार
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लामो स्टाटसका साथै माछाको फोटो हाल्दै नेपाली राजनीतिज्ञहरू दास बन्दै गएको र भीडको पछाडि कुदेको भन्दै सचेत हुन सुझाएका हुन्।


जिउँदो माछा र मरेको माछाको फोटो राखेर गर्दै भट्टराईले नेपाली राजनीतिको उदाहरण दिएका हुन्। उनले जिउँदो माछा पानीको घार र छालविरुद्ध पौडिने तर मरेको माछा धार र छालसँगै बग्ने भन्दै नेपाली इतिहासले सबैको परीक्षा लिँदै गएको र त्यसमा विवेक प्रयोग गर्न सुझाएका हुन्।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल निष्ठाको राजनीतिकभन्दा भीडका पछि कुदेकोमा असन्तुष्टी पोख्दै उनले यथास्थितीवादी र अवसरवादीको संज्ञा दिएका छन्।
प्रधानमन्त्री दाहालले एक पछि अर्को गल्ती गरेको उनको भनाइ छ। भट्टराईले पाँच मन्त्रीका साथ पशुपतिमा दर्शन गर्न गएकोमा प्रधानमन्त्री हिन्दू राष्ट्रको वकालत गर्न लागेको भट्टराईको बुझाइ छ।
भारतको महाकालेश्वरमा मन्त्रीको फौज लिएर पूजा गर्न पुगेका प्रधानमन्त्री दाहाल त्यसको एक हप्तापछि अर्थात् शनिबार उही मन्त्री लिएर पशुपतिको दर्शनमा पुगेका थिए। त्यो बेला पनि भट्टराईले मन्त्री लिएर पुग्नु राजनीतिक भएको टिप्पणी गरेका थिए।