भरतपुर माहानगर पालिकामा सुबिधा सम्पन्न भुवनबस्ती स्वास्थ्य सेवा क्लिनिक संचालन आउदै

होमल्याण्ड खबर

२०८० जेष्ठ २९ गते, सोमबार १२:४८ मा प्रकाशित

भरतपुर माहानगर पालिका १८ भुवनबस्ती स्कुल चोकमा संचालनमा आईरहेको ढकाल मेडिकल हल नाम परिवर्तन गरि भुवनबस्ती मेडिकल हल संचालन भइरहेको र  अब छिट्टै भुवनबस्ती स्वास्थ्य सेवा क्लिनिकमा रूपान्तरण गरि सोहि स्थानबाट संचालनमा आउने भएको छ ।

यस मेडिकल हल २ बर्ष अघि देखि सोहि स्थानबाट नै बिरामीहरुको सेवा सुविधामा लागि रहेको छ । रोगिहरूलाई सहज रूपमा उपचार गराउने उदेश्यका साथ आफुहरु लागेको यसै मेडिकलका सन्चालक निश्चल श्रेष्ठले बताउछन् ।

उक्त मेडिकलले भरतपुर स्थित विभिन्न अस्पतालबाट बिशेषज्ञ डाक्टरहरू ल्याई बिरामीहरूलाई सेवा दिईरहेको र बिरामिहरूलाई साना समस्यामा अस्पताल गईरहनु नपरेको श्रेष्ठले जानकारी दिए ।

यस मेडिकल हलमा लिईदै आएको डाटा कलेक्सन हेर्दा सुगर,थाईराइड,परेसर जस्ता बिरामीहरू धेरै देखिएको हुनाले यस्ता बिरामीहरूलाई मध्यनजर गरि प्रतेक महिनाको १ देखि ३ गते सम्म सुगर जाँच निःशुल्क र अन्य जाँचमा छुटको व्यवस्था गरि चेक जाँच गर्दै अईरहेको यसै मेडिकलमा कार्यरत कर्मचारीहरु बताउछन् ।

बिरामीहरूलाई मध्यनजर गर्दै बिशेषज्ञ डाक्टरका साथ USG video xray से सेवा दिदै आईरहेको र अब छिटै xry,ECG,oxygenलाई पनि  निर्नतरता दिने र विभिन्न खालका स्वास्थ्य कार्यक्रम गर्दै अघि बढ्ने मेडिकलका अर्का संचालनक सुरेश लामिछानेले जानकारि दिए।