२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराईविरुद्दको मुद्दा सर्वाेच्च अदालतमा न्यायाधीस सपना प्रधान मल्लको इजलासमा परेको छ । पूर्व बाल सैनिक लेनिन विष्टले १० वर्षे जनयुद्दका क्रममा बाल सैन्य प्रयोग गरेको र आफुहरुको अधिकार हनन भएको भन्दै दायर गरेको रिट मंगलबारको इजलासमा राखिएको थियो ।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले शुक्रबार सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको थियो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए ।

