२ चैत्र २०८२, सोमबार
मधेश प्रदेश सभाको आकस्मिक बैठक बोलाइएको छ । प्रदेशका मुख्यमन्त्रीका सरोजकुमार यादवले आजै साँझसम्म विश्वासको मत लिनुपर्ने भएकाले हतारमा आकस्मिक रुपमा प्रदेश सभाको बैठक बोलाइएको हो ।
जसपाका मुख्यमन्त्री यादव नेतृत्वको सरकारबाट एमालेले गत जेठ १ गते समर्थन फिर्ता लिएको थियो । संविधान अनुसार सरकारमा सहभागी दलले विश्वासको मत लिएमा ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । तर एमालेले प्रदेश सरकारलाई दिएको समर्थन सिफर्ता लिँदा पनि मुख्यमन्त्री यादव कानमा तेल हालेर बसेका थिए ।


जब उनले आजै बेलुकीसम्म पून प्रदेश सभामा विश्वासको मत नलिदा सरकारको बैधतामा प्रश्न उठने भएपछि उनले हतारमा प्रदेश सभाको वैठक आकस्मिक बोलाएर विश्वासको मत लिन लागेको हुन् ।
प्रदेश सभाको बैठक आजै साँझ ५ बजेका लागि बोलाइएको माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज भटटराईले जानकारी दिए ।
गत २६ गते बसेको प्रदेशसभाको बैठक अगामी जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो ।
प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।
गत पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।
समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमालेले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।
मंगलबार बिहान बसेको सत्ता गबन्धन दलको बैठकले विश्वासको मत लिनु पर्ने निर्णय गरेको थियो ।
प्रदेशसभा सचिवालयले सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।