उपचारका लागि देउवा सिंगापुर जाँदै

होमल्याण्ड खबर

२०८० जेष्ठ ३० गते, मंगलवार १७:०४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा सिंगापुरमा मात्र नियमित उपचार गराउँदै आएका छन् । मंगलबार ९आज० राति ११ देउवा ‘फलोअप’का लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार २–२ वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो । २०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जाने परिस्थिति बनेन ।

भानुका अनुसार पार्टीको १४ औं महाधिवेशन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण ‘फलोअप’ रोकिएको थियो । देउवाले २०७० यता सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउँदै आएको देखिन्छ ।

उनका अनुसार २०७३ भदौ १० मा देउवा स्वास्थ्य जाँचका लागि पत्नी आरजु देउवा राणासहित सिंगापुर पुगेका थिए । त्यसपछि २०७५ साउन २३ मा पनि देउवा उपचारका लागि सिंगापुर गएका थिए ।

त्यतिबेला आँखासँगै पेटमा समस्याको पनि उपचार गरिएको थियो ।