विपक्षीले मर्यादा भुलेर संसद्मा गाईजात्रा देखाउन थाले : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८० जेष्ठ ३१ गते, बुधबार १०:२० मा प्रकाशित

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विपक्षी दलका सांसद्हरुले मर्यादा भुलेको आरोप लगाएका छन् ।

बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित डि. आर. शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै प्रचण्डले सो आरोप लगाएका हुन् ।

उनले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाए । प्रतिनिधि सभामा विपक्षी दलका सांसद्हरुले मर्यादा भुलेर प्रस्तुत हुने गरेको उनको दुखेसो छ ।

अहिले व्यवस्था उल्टाउने कसरत दक्षिणपन्थी तप्काबाट भइरहेको भन्दै प्रचण्डले आफूले देश जनताको पक्षमा काम गरेको उनीहरुले नरुचाएको बताए ।