२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख घिमिरे संसदमा एक पक्षीय बनेको आरोप लगाउदै सन्तुष्टि व्यक्त गरेका हुन्।


बुधबार माओवादी केन्द्र निकट प्रेस सेन्टरका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदको रोष्टममा पुगेर आफूले सम्बोधन गरिरहेको समयमा रोकेर सभामुखले प्रतिपक्ष नेतालाई बोल्न दिएर गर्नै नहुने काम गरेको दाबी गरेका छन्। प्रधानमन्त्रीले भने, ‘सदनमा ओलीहरुको देख्नुभयो नि, डेमोक्रेटिक नम्स, भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिरहेको छु, म हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु मैले । मलाई बोल्नै नदिने गरेर तलका मान्छेलाई बोल्न दिने ? त्यस्तो काम पनि भयो सभामुखबाट। हुँदै नहुने कुरा थियो क्या त्यो। ’
उनले प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि तत्काल प्रतिपक्षले बोल्न नदिने प्रचलन नभएपनि बोल्न दिएकोप्रति असन्तुष्ट व्यक्त गरे। ‘पछि उनीहरु नराम्रोसँग एक्सपोज भए। यीनीहरु लोकतान्त्रिक पनि छैनन्, साँस्कृतिक सभ्यता, नैतिकता केही पनि रहेनछ भन्ने कुरा त देखियो। देख्नलाई छ्याङ्गै देखियो।’ प्रचण्डले थपे, ‘भारत भ्रमणबाट आएपछि ओलीहरुले हुँदै नहुने काम गरे। म बोलिसकेपछि प्रतिपक्षले प्रतिवाद गर्ने कुरा, बोल्न दिने कुरा स्वभाविक र लोकतान्त्रिक थिएन तर दिइयो। प्रधानमन्त्रीले बोलेपछि तत्काल प्रतिपक्षलाई प्रतिवाद गर्न बोल्ने चलन छैन।’