२ चैत्र २०८२, सोमबार
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल थालेकाे छ ।
कार्कीविरुद्ध उजुरी दिने २९ जनामध्ये २३ जना उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएपनि सामूहिक रुपमा बस्न पाउनुपर्ने भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका छन् ।


बुधबार बिहान ११ बजेबाट सुरु भएको उजुरीकर्तासँगको छलफलका क्रममा उनीहरुले सामूहिक रुपमै बस्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश पदका लागि प्रस्तावित हरिकृष्ण कार्कीविरुद्ध २९ जनाले उजुरी दिएका थिए ।
बैठकमा प्रत्येक उजुरीकर्तालाई बोल्नका लागि १० मिनेटको समय छुट्याइएको थियाे । उजुरीकर्ताहरुले कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग गरेका थिए । समितिले उक्त माग अस्वीकार गरेको छ ।




