पहिरोका कारण हेटौँडा-काठमाडौं जोड्ने दुई राजमार्ग अवरुद्ध

होमल्याण्ड खबर

२०८० जेष्ठ ३२ गते, बिहीबार ११:३९ मा प्रकाशित

हेटौँडा-काठमाडौं जोड्ने दुईवटा राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्।

बुधबार रातिको वर्षापछि गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएका हुन्।

ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।

दुवै सडक(खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।