२ चैत्र २०८२, सोमबार
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदको प्रश्नोत्तर जारी छ । संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा सांसदले प्रश्न सोध्ने क्रम जारी भएको हो ।
प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन् । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।


कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।
सांसदहरुले कार्कीविरुद्ध परेका उजुरीका साथै न्यायपालिकाप्रति आम नागरिकको विश्वास टुट्दै जानुको कारण, तत्काल फैसला हुनुपर्ने विषयमा पनि ढिलो फैसला हुने गरेको, गरिबले मुद्दा लड्न नसक्ने अवस्था समाधानको उपाय लगायतका विषयमा प्रश्न सोधिरहेका छन् ।