एसएसपी पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बित

होमल्याण्ड खबर

२०८० असार १ गते, शुक्रबार १३:४३ मा प्रकाशित

गृह मन्त्रालयले प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी योगबहादुर पाललाई निलम्बन गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा एसएसपी पाललाई शुक्रबार निलम्बन गरेको हो।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए।

बिदामा जान लागेकी सहायक हवल्दारलाई आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्‍यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेका थिए।

महिलाको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।