२५ बैशाख २०८३, शुक्रबार
बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरी हाल अलपत्र परेको रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको हो ।


प्रदेशसभामा आज भएको बजेट भाषणमार्फत प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले रंगशाला निर्माणमा जोड दिएको बताएका हुन् ।