२५ बैशाख २०८३, शुक्रबार
पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ ३ की जुना सावदेनको उद्धार गरिएको छ ।
फालेलुङ ३ खोलाघारीका मनप्रसाद राईकी नाै वर्षीया नातिनी जुना सावदेनको आइतबार बिहान उद्धार गरिएको हो । सावदेनलाई स्थानीय बासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए।


मध्य राती घर माथिबाट आएको पहिरोले घर पुर्दा सावदेन पुरिएकी थिइन्र । पहिरो आएको थाहा पाएपछि उनका हजुरबुबा मनप्रसाद र हजुरआमा भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन्।
अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका ४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन । उनीहरूलाई बाढीले बगाएको आशङ्का गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए।
मध्यरातमा आएको बाढीले हिलिहाङ,याङवरक,फिदिम र फालेलुङमा दर्जन बढी पुल र संरचना बगाएको छ ।