कैलालीका सिडिओ सवार गाडी बर्दियामा दुर्घटना

होमल्याण्ड खबर

२०८० असार ३ गते, आईतवार ११:१५ मा प्रकाशित

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको गाडी दुर्घटनामा परेको छ।  आइतबार बिहान बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटना भएको हो।

बर्दिया प्रहरीका डिएसपी हिक्मत बोहराले सिडिओको गाडी मिनी बससँग ठोक्किएको बताए। अन्तर जिल्ला कमिटिको बैठकमा सहभागी भइ नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ।