२५ बैशाख २०८३, शुक्रबार
आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताबिरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।
प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए । उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए ।


प्रहरीले नियन्त्रणमा लिने क्रममा उनले रुँदै भने, ‘यो गुण्डा र अपराधीहरूको देशमा मलाई बाँच्नु छैन। मैले मेरा सत्याग्रह थाल्छु, मलाई बन्द इजलास र सरकारले पनि न्याय दिएन। म न्याय खोसेर लिन्छु। म गुहार माग्न आएको छु। सडकमा मलाई गुहार दिनुहोला।’
मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछिको विरोध प्रदर्शनमा बोल्दै उनले सत्याग्रह थाल्ने घोषणा गरेका थिए ।
अघिल्लो सरकारका पालामा तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानूनको प्रतिकूल नहुने भन्दै राय दिएका थिए । त्यही रायको आधारमा अघि बढेको फाइल बालकृष्ण गृहमन्त्री हुँदा निर्णय भएर कानून मन्त्रालयमा थन्किएको थियो ।
तर, हालै कानून मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुगेर मुद्दा फिर्ता लिने निर्णय भएको हो । मन्त्रिपरिषद्को निर्णय जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत, काठमाडौंमा आइतबार दर्ता भएको छ ।
मुद्दाको अन्तिम पेशीको दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको हो । सो मुद्दाको अन्तिम पेशी भोलि ९५ असार० लाई तोकिएको थियो ।
हमलामा रूपेश साह, नीरज रानामागर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा, हरि आचार्य, योगेन्द्र रावल संलग्न थिए । विश्वविद्यालय परिसरमै आक्रमण भएको थियो । उनलाई बाँसका भाटाले टाउको, शरीर, हात, खट्टामा निर्ममतापूर्वक प्रहार गरिएको थियो । घटनामा उनको खुट्टा, ढाड, करङ र टाउकोमा गम्भीर चोट लागेको थियो । करिब ६ महिनाको उपचारपछि मात्रै उनी नियमित काममा फर्किन सकेका थिए ।