२ चैत्र २०८२, सोमबार
बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।


उनका साथमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्की सहभागी छन् ।
साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपद् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपद् हेर्ने अधिकृत पनि साथमा गएका छन् । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको काम भइरहेको छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ ।