बझाङ दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

होमल्याण्ड खबर

२०८० असार ५ गते, मंगलवार १६:४४ मा प्रकाशित

बझाङमा भएको गाडी दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र भाउजुको मृत्यु भएको छ।

दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरुलाई हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ।