राहदानी वितरण कार्यलाई सहज बनाउने प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री

होमल्याण्ड खबर

२०८० असार ६ गते, बुधबार १६:४८ मा प्रकाशित

परराष्ट्रमन्त्री एनपी साउदले राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले समयमा नै राहदानी छपाई प्रक्रिया अघि बढाएर सहज रुपमा राहदानी वितरण गर्ने प्रयास भइरहेको जानकारी दिएका हुन् । उनले मासिक औसत १ लाख २० हजार राहदानी वितरण भइरहेको र अहिले चार महिनाका लागि पुग्ने राहदानी मौज्दात रहेको बताए ।