२ चैत्र २०८२, सोमबार
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार ४ दिने भ्रमणका लागि चीन भ्रमणमा जाने भएका छन् । सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित चीनको छेन्दु शहरमा हुने व्यापार मेलामा बिशेष अतिथिको रुपमा सहभागी हुनका लागि गृहमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।
व्यापार मेलामा जान लागेको भनिए पनि सत्ता गठबन्धनका दलहरूबीच गठबन्धनबारे फरक फरक धारणा आएका बेला श्रेष्ठ चीन जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले राजनीतिक भेटघाट पनि गर्ने स्रोतले जनाएको छ ।


तर, श्रेष्ठको सचिवालयले भने श्रेष्ठ ४ दिन छेन्दुमा नै रहने, त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्नेलगायतको कार्यक्रम रहेको जनाएको छ ।