२ चैत्र २०८२, सोमबार
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौँ कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ । उनका अनुसार धुलोरहित काठमाडौँ कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।


उनले पूर्वाधार एम्बुलेन्स, सुन्दर महानगर योजना, उज्यालो सहर मेरो महानगर कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको बताइन् ।