फेवाताल किनारमा बनेको संरचना हटाउने पोखरा महानगरको निर्णय

होमल्याण्ड खबर

२०८० असार १० गते, आईतवार १६:१४ मा प्रकाशित

पोखरा महानगरले फेवातालको संरक्षणलाई जोड दिएको छ । महानगरले ६५ मिटर मापदण्डभित्र परेका संरचना हटाउन सर्वोच्च अदालतको आदेश पालना गरी तालको संरक्षण गर्ने आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख गरेको हो ।

यस्तै, महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३ औँ नगरसभामा आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत पोखरामा रहेका अन्य तालको सिमसार र जलाधार क्षेत्रको पनि संरक्षण गर्ने जनाएका हुन् ।

महानगरले पोखरा लेकसाइडलाई २४ सै घण्टा खोल्न पहल गर्ने उल्लेख गरेको छ । यो क्षेत्र फेवातालको किनारसँगै पर्यटकीय स्थल पनि हो ।