रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

होमल्याण्ड खबर

२०८० असार १२ गते, मंगलवार ११:४० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ ।

रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।

रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए ।

बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।