असार १४ गते सार्वजनिक विदा

होमल्याण्ड खबर

२०८० असार १२ गते, मंगलवार १४:१६ मा प्रकाशित

सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । द उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।