प्रधानमन्त्री दाहाल इटाली जाने

होमल्याण्ड खबर

२०८० असार १५ गते, शुक्रबार १३:४६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल बजेट पास गराएपछि विदेश भ्रमणको तयारीमा रहेका छन् । भारत भ्रमण गरेपछि चीनको भ्रमण गर्ने बताएका दाहाल यूरोप भ्रमणमा जाने भएका हुन् ।

केही दिन अघि भारतपछि चीनको भ्रमण गर्ने बताए पनि आगामी अगस्ट महिनाको पहिलो साता इटाली भ्रमण तय भएको छ । प्रधानमन्त्री दाहाल राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागी हुन रोम जाने तयारी गरेका हुन् ।

नेपाल सन् १९५१ देखि राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) मा आवद्ध भएको थियो । नेपाल राष्ट्रसंघीय संघ संगठनमध्ये सबैभन्दा पहिले यो संस्थाको सदस्य बनेको बनेका कारण सो कार्यक्रममा सहभागी हुन रोम जान लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले भारत र चीन भ्रमण गरेर दुवै छिमेकी नेपालका लागि उत्तिकै महत्वपूर्ण छन् भन्ने सन्देश दिन चाहेपनि भारत भ्रमणपछि चीन भ्रमणको मिति भने तय हुन सकेको छैन । ‘आवश्यक समयमा चीन भ्रमण हुन्छ, त्योभन्दा अघि भारतको भ्रमण भयो,’ दाहालको स्वकीय सचिवालय स्रोतले भन्यो ।