२ चैत्र २०८२, सोमबार
धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् ।
काठमाडौँमा आज आयोजित गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहमा प्रधानमन्त्री दाहालले भने, ‘गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ।’


प्रधानमन्त्री दाहालले आफूले गल्ती गरेको स्वीकारे । आफूले राष्ट्रपति प्रस्ताव नगरेपछि गिरिजाप्रसादले पहिलाजस्तो विश्वास गर्नुहुन्न आफूलाई लागे पनि उनले विश्वासलाई कमि हुन नदिएको दाहालले सम्झिए । ‘गणतन्त्र घोषणा भएपछि म मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो,’ दाहालले भने ।
गिरिजाप्रसादमा आफूले पहिलो भेटबाटै दुविधा, अविश्वास र अस्थिरता नदेखेको उनले बताए । ‘पहिलो भेटदेखि उहाँ कुनै दुबिधा, अविश्वास वा अस्थिरता देखिनँ,’ उनले भने ।
आफूले पटक–पटक गल्ती गरेपछि गिरिजाप्रसादले नगरेको दाहालको भनाइ थियो । ‘बरु मैले गल्ती गरेँ तर, उहाँले गर्नुभएन। उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका कुरा सबै पुरा गर्न सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नुभएन,’ उनले भने ।
आफूलाई कुनै न कुनै रूपमा सधै संरक्षण गरेको दाहालले सम्झिए । ‘मलाई कुनै न कुनै रूपमा संरक्षण गर्नुभयो। गणतन्त्रको घोषणा गर्न ल्याउने नेतृत्व गर्ने महानायकको छवि बन्यो उहाँको।